कथा सङ्ग्रह

कथा

मानिस, सम्बन्ध र दैनिक जीवनका अनौठा मोडहरूबाट जन्मिएका छोटा तथा लामा कथाहरू।

18 रचनानयाँदेखि पुरानोसम्म
02Nepali Horror Story

देथ फुटेजेज ( Death Footages )

नवराज आज उत्पातै खुसी छ । त्यो उत्पात खुसीलाई अझ भव्य बनाउँनका निम्ति मदिरा पसल जाने निधो गरेको छ । घाँटी हेरेर हाड निल्नु भन्ने उखानको अनुयायी भएका कारण आफ्नो गोजीलाई मध्यनजर गर्दै भर्खरै उसले सामानको सानो लिस्ट बनाएको छ । सामानको लिस्ट यस प्रकारको छ :

पढ्नुहोस्
03Nepali Story

चप्पलको आत्महत्या !

सपना देखेको थिएँ वा यर्थाथनै थियो, यसै भन्न सक्दिन । हिजो रातीको कुरा हो, आँखा खोलेरै देखेको जस्तो लाग्छ , सपनानै पो थियो कि जस्तो पनि लाग्छ, ब्युझेको थिएँ जस्तो पनि लाग्छ, निदाइरहेकै थिएँ जस्तो पनि लाग्छ । हिजै राति त हो मैले त्यो रातो चप्पललाई झुल झुन्डाउने हुकमा डोरीको पासो लाएर झुन्डेको देखेको ।

पढ्नुहोस्
04Nepali Story

कुहिरो कहिले हट्यो ?

हुन्न हुन्न एकछिन रोकिनुहोस । यो तपाई के गर्दै हुनुहुन्छ ? यसरी अर्काको कोठामा राती राती चियाउँनु राम्रो हो ? के तपाईको संस्कार यही हो ? हो मैले तपाईहरूलाईनै भनेको,जो यो कथा पढ्दै हुनुहुन्छ ।

पढ्नुहोस्
05Nepali Story

सपनाका बाफहरू

यो कुरा सुन्दा तपाईलाई लाग्न सक्छ कि त्यो दिन पृथ्वीको थिएन, कुनै अर्कौ ग्रहबाट आएर पृथ्वीलाई छोपेको थियोे । तपाईलाई त अझ यो पनि लाग्न सक्छ कि म जुन निभानको कुरा गर्दैछु त्यो निभाननै कुनै अर्कै ग्रहको थियो , त्यो के त पिके को आमिर खान, हो त्यस्तै । मलाई पनि उसलाई पहिलो पल्ट भेट्दा त्यस्तै लागेको थियो ।

पढ्नुहोस्
06Nepali Love Story

झोलुङ्गे पुलमा तिमी र म

फेरी एकपल्ट तिम्रो समीप बसेर तिम्रा आँखा नियाल्न मन छ, फेरी तिम्रो मुस्कानमा फुलिरहेको सुन्दरता हेर्न मन छ, फेरी एक पल्ट माया गाँस्न मन छ, सपना साट्न मन छ, फेरी एकपल्ट आँफैले आफुलाई बिर्सन मन छ । तर बिडम्बना आफैलाई बिर्सन तिमीले मलाई सम्झन जरुरी छ ।

पढ्नुहोस्
07Situationship

पुल सम्बन्ध | Situationship

छेउमा नारायण गोपालको केही मिठो बात गर गीत सानो स्वरमा बजिरहेको थियो । जीवनका एकदम उदेकलाग्दा कुरा गर्ने बिचार बोकेर मलाई आफ्नो कोठामा बोलाएकी उसले किन मोवाइलमा त्यो गीत बजाएकी थिइ आज पनि म भन्न सक्दिन ।

पढ्नुहोस्
08Old Man

प्राक्टिकल बुढो : A Love Story

केही बर्ष अगाडि सम्म मेरो घर अगाडि झिँगटीले छाएको एउटा पुरानो नेपाली पाराको घर थियो , अहिले छैन । संसारको रीतनै यस्तै हो, सबै थोक सधै भरि रहिरहँदैन पनि । आफु ८३ बर्षको भएका कारण म यो कुरा मज्जाले आत्मसाथ गर्न सक्छु । आखिर म आँफै नरहने समय नजिक आइरहेको छ ।

पढ्नुहोस्
09कलेजी स्वेटर

कलेजी स्वीटर : एक प्रेम कथा

आज बिहानैबाट कोनी के सुर चढ्यो मेरो नातीलाई । बिकामे लुगाफाटा जति, सबै फ्याकेर लगाउन लायक मात्र राख्छु भन्दै दराज खोतलीरहेको छ । देख्छु , दराज छेउमा फ्याक्ने लुगाको एउटा ठूलो पहाड छ । निकै लुगा रहेछन् क्यार त्यती निकाली सक्दा पनि अझै पनि दराज खोतलीरहेकै छ ।

पढ्नुहोस्
10Mirror

आयु दिनेले खोस्न पनि सक्छ

एकाएक आज आकाश धमिलो देखेँ, उमेर ढल्किएझैँ लाग्यो । झ्यालबाट बाहिर हेरेँ सधै हिड्ने बाटो लामो देखेँ, नहिँडी खुट्टा गलेझै लाग्यो त्यसैले उमेर ढल्किएझै लाग्यो । डराउँदै मुहारमा हात चलाएँ, मौन भएँ । खै किन आज एकाएक आफु बुढो भएझै लाग्यो । आफ्नै उमेर थाहा थिएन जब हेर्न थालेको थिएँ मेरो अगाडि राखेको यो सानो खान्दानी ऐना ।

पढ्नुहोस्
11भरिया

भरिया

बादल लागेको कारण बिहान मधुरो छ । केही बेरमा आकाश रोला जस्तो देखिएको छ । एउटा केटो बसिरहेको छ भरियालाई पर्खेर डाँडाको चौतारीमा । ऊ चार बर्षको हुँदा उसले चिनेको उसको साथी भरियालाई उसले आज बीसौँ पल्ट भेट्नेछ । चौतारी एकदम शान्त छ, एकाबिहानै भएकाले मान्छेको चहलपहल छैन त्यहाँ ।

पढ्नुहोस्
14पुल सम्बन्ध

पुल सम्बन्ध

छेउमा नारायण गोपालको केही मिठो बात गर गीत सानो स्वरमा बजिरहेको थियो । जीवनका एकदम उदेकलाग्दा कुरा गर्ने बिचार बोकेर मलाई आफ्नो कोठामा बोलाएकी उसले किन मोवाइलमा त्यो गीत बजाएकी थिइ आज पनि म भन्न सक्दिन ।

पढ्नुहोस्
15म घामभन्दा छिटो भएँ

म घामभन्दा छिटो भएँ

उठेर बाहिर हेरेँ पुरै अन्धकार थियो, सोचेँ आाा के जानु यस्तो चिसोमा मनीङ्ग वक, बरू सिरक ओढेर सुत्छु, तातो त हुन्छ । तैपनि कसो कसो मनलाई मनाए अनि निस्के बाहिर ।

पढ्नुहोस्
16जङ्गलमा हराएको मान्छे

जङ्गलमा-हराएको-मान्छे

घना जङ्गल छ, अनि सुनसान पनि छ । हराएको छ एउटा मान्छे यही जङ्गलमा । ठूला ठूला रूख छन् , चराको चिरबिर छ , पातको सुस्केरा पनि छ ।

पढ्नुहोस्
17बलि राजाको पक्राउ

बलि राजाको पक्राउ

तीनतले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिल पिल गर्दै बलिरहेको झिलीमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो जाऔँ साथीहो अब यो घरका मान्छे तल झर्छन जस्तो लाग्दैन मलाई ।

पढ्नुहोस्
18सुरेन्द्र खरीदार भयो

सुरेन्द्र खरीदार भयो

घाम अस्ताउने बेला आकाशमा हल्का गुलाबी रङ्ग छरिएको थियो । घर बस्दा बस्दा वाक्क लागेर यसो बेलुकाको हावा खान निस्केको थिएँ ।

पढ्नुहोस्