यात्रा र सम्झना

संस्मरण

यात्रामा भेटिएका ठाउँ, मानिस र मनमा बाँकी बसेका स्मृतिका व्यक्तिगत अभिलेखहरू।

14 रचनानयाँदेखि पुरानोसम्म
02Haruki Murakami

मुराकामी ( Murakami ) , म अनि ढुकुर

के पढ्दैछौ भनेर उसले सोधेको थियो जब म एकाबिहानै छतमा बसेर हारूकी मुराकामीको What I Talk About When I talk About Running पढ्दै थिएँ । अनि मैले हातमा बोकिरहेको किताब उल्टो बनाएर त्यसको बाहिरी पाना उसलाई देखाएको थिएँ । उसले फेरी सोधेको थियो के रहेछ त किताबमा ?

पढ्नुहोस्
03Nepali Story

मेरो शरीरबाट अलैँचीकाे बास्ना आउँछ

ध्वार्र ... धवार्रर । उम्लि रहेको दुधलाई नरिवलको डाडुले चलाउँदा एउटा मिठो आवाज आइरहेको छ । ध्यान दिएर सुनिरहे मानिस एकोहोरिन सक्छ । सँगसँगै चुल्होमा बल्दै गरेको दाउराबाट बेला बेला पट्ट पट्ट पट्किएको आवाज पनि आइरहेको छ ।

पढ्नुहोस्
04Nepali Katha

म घामभन्दा छिटो भएँ

उठेर बाहिर हेरेँ पुरै अन्धकार थियो, सोचेँ आाा के जानु यस्तो चिसोमा मनीङ्ग वक, बरू सिरक ओढेर सुत्छु, तातो त हुन्छ । तैपनि कसो कसो मनलाई मनाए अनि निस्के बाहिर । बाहिर निकै चिसो थियो केही बेर हिडे पछि बल्ल शरीरले तातो चाल पायो अनि मैले पनि चाल पाएँ कि म त आज घाम भन्दा चाँडो उठेछु ।

पढ्नुहोस्
05Nepali Story

आकाशकाे विराटता भित्र

आकाशकाे विराटता भित्र उडिरहेको थियो बुद्ध एयरको एउटा सानो एटआर जहाज । दक्षिणमा जहाजको समानान्तर भएर विशाल हिमशृङ्खला पछ्याइरहेको थियो जहाजलाई । अनि जहाज भित्र एउटा मन , जो भर्खर धनगढीमा साथीको विवाह भ्याएर काठमाडौँ फर्किरहेको थियो , विमानको अघिल्लो सिटमा रुमीको किताब बोकेर घोरिइरहेको थियो ।

पढ्नुहोस्
06म र हजुरबुबा मुलघर जाँदै गर्दा

एउटा पुस्तकालयको अवसान

केही साल अघि म इलाम जाँदाको कुरा हो । समयले दिएको चाउरीपन अनि थोतो दात उपहारलाई सहर्ष स्वीकारेर मेरा हजुरबा आफ्नो जीवनका अन्तिम दिनहरुमा रमाइँ रहनुभएको थियो । खासै धेरै संगत त भएन हजुरबासँग, तर उहाँसँग निकै आकर्षित थिएँ । थाहा छैन किन ।

पढ्नुहोस्
07Nepali Memoirs

लेडीबर्ड

पाँच जना थियौ जो खप्तड हुँदै बाजुरा झरिरहेका थियौ । बाटो ओरालो थियो , बाटोको वरीपरी ससाना बस्तीहरू थिए । म र साथी सुसान नौ नौ किलोको ब्याग बोकेर हिँडीरहेका थियौ । खाना खानलाई काँडा गाउँ पुग्नु थियो । हामी भन्दा अगाडि हिँड्नेमा थिएँ गजलकार कमल संघर्स , अनुरूप खड्का अनि त्यहीका एक स्थानिय दाइ जो हाम्रो गाइड थिए ।

पढ्नुहोस्
08Annapurna Base Camp

मेरो अन्नपूर्ण पदयात्रा

भनिन्छ जीवन नै एउटा यात्रा हो जस्लाई हरेक मानिसले आफ्नै तरिकाले डुलेको हुन्छ र आफ्नो जीवनको सार आफै बुझ्छ । जीवनको यो ठूलो यात्रामा कही कतै साना यात्राहरुको झल्को भेटिन्छ ,यादहरु भेटिन्छ । सायद मेरो जीवनको अन्तरालमा मलाई अन्नपूर्णको उकाली ओराली याद आउनेछ ।

पढ्नुहोस्
11द पोयट आइडल र झ्यालका भँगेराहरु

द पोयट आइडल र झ्यालका भँगेराहरु

द पोयट आइडल सिजन २ को शिर्ष १४ मा छानिएसँगै पहिलो पल्ट जीवनमा केवल कविता लेख्नु पर्ने काम आइपर्यो । बिहान उठ , कवितानै सोच , दिनभर कविता बाँच , सुत्ने बेला पनि कविताकै सपना देखुँ भन्ने कामना गर्दै सुत ।

पढ्नुहोस्
12बडीमालिका : क्षणभङ्गुरता

बडीमालिका : क्षणभङ्गुरता

२७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ ।

पढ्नुहोस्
13पिके पिक पदयात्रा

पिके पिक पदयात्रा

लालीगुराँसको दुनिया भुलभुलेमा आज बिहानै देखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ ।

पढ्नुहोस्
14जादुमय खप्तड

जादुमय खप्तड

२०७७ साल, चैत्र महिनाको एक बिहान खप्तडका सयौँ पाटन , त्रिवेणी मन्दिर , सहस्रलिङ्ग र बाबा आश्रम, सबै एकैसाथ हिउँले सेताम्मे भए । त्यो मेरो जीवनको पहिलो हिउँ अनुभव थियो ।

पढ्नुहोस्