कवितामा फर्कनुहोस्

कविता · २०२४ जनवरी ८

म कहाँ जान्छु ?

म कहाँ जान्छु ?

म स्वतन्त्र छु 
तर आवश्यकताले बाँध्दछ
म माटो हुँ
मलाई माटैले खानेछ

पर सम्म हिँडेर खुट्टा बिर्सिजानु छ 
सोच्दै सोच्दै चेतनाले चेतनै छोडिजानु छ

मलाई बचाउछ शरीरले
शरीरलाई दिन दिन मार्दछु
हार निश्चित छ , थाहा छ
हारलाई हरदिन निम्तो पठाउँछु

बरफ पग्लेर पानी बन्छ 
बरफ कहाँ जान्छ ?

म बितेर माटोमा जान्छ 
म कहाँ जान्छु ?

- विजय लुइटेल