कवितामा फर्कनुहोस्

कविता · २०२३ जुलाई २९

सुख दु:ख

सुख दु:ख

घर एक छ


मानिस तीन छन्

दुई एक छन्

एक एक्लो छ


आज आकाश धुम्म छ आमा

आउ भाइलाई बादल टिपिदेउ

नाम मेरो सुखी उसको दुखी

कारण यसको लौ आज भनिदेउ


एक्लो छु सुर्यझैँ आमा

प्रकाश बाँड्ने चन्द्रमा बन

भाइलाई मसँग भेटाउ आमा

ऐना दुईको बन


स्याहार पाएरै एक्लो ऊ

स्यायार नपाइ एक्लो म

कहिले यसै सोच्छु आमा

म तिमी दुईझैँ बनिदिउँ


घर एक छ

मानिस तीन छन्

दुई एक छन्

एक एक्लो छु


- विजय लुइटेल