कवितामा फर्कनुहोस्

कविता · २०२६ अगस्ट ३०

जुराफ

Nepali Poem

जुराफको मुख खुकुलो छ

खुट्टालाई आफ्नो मान्दैन

केही न्यानो त भइजाला

मलाई कतै त पुर्याइजाला

रबरले बाँधिदिएर मुखलाई

सहजताको यात्रामा निस्कन्छु

बिझे पनि त कहिलेकाँहि अंगालिन्छ मानिसलाई

नमिले पनि त मत कसैसँग , सँगै उभिइन्छ

खुट्टा र जुराफ पनि मित्रता गासलान्

एक अर्कालाई बिस्तारै सहज ठानलान्

कहाँ जानेथेँ र डोब बस्छ पिँडुलामा रबरको

दाग दिन्छ ....

मुटुलाई कुन्नि के ले हो अचेल त्यसरीनै अठ्याएझै लाग्छ

खुलेर धड्कन आनाकानी गर्छ

खुट्टाले जुराफ पहिरिएझै

मुटुले त्यस्तो के पहिरिन्छ

सम्बन्ध ?

विजय लुइटेल