कवितामा फर्कनुहोस्

कविता · २०२३ अक्टोबर २७

कवि जाँदा - प्रचण्ड भाष्करलाई

कवि जाँदा - प्रचण्ड भाष्करलाई

आँखा आफ्ना लिएर गएछ कवि

जसले जीवनलाई जीवन्त देख्दथे

मनहरुको नेतृत्व गर्ने

मन पनि साथै लगेछ


लगेछ सुख दु:ख दुवैका आवाज

शब्दहरुको सार आफैसँग लगेछ


तर केही शब्द छुटेछन् 

जिउँदै गर्दा उस्का खल्तीबाट 

केही अर्थ छुटेछन् 

सिक्दै गर्दा उसका चेतनाबाट


मेटाउँदै गर्दा पनि उसलाई जीवलले 

आज , आफैमा उसको चित्र कोरेछ

- विजय लुइटेल