कवितामा फर्कनुहोस्

कविता · २०२२ सेप्टेम्बर २४

एक साँझ फेरि , बोकेर आउ उदासी

एक साँझ फेरि , बोकेर आउ उदासी

एक साँझ फेरि , बोकेर आउ उदासी

म आफ्ना लुकाइ, सुनिदिन्छु तिम्रा सबै


एक साँझ फेरि, बोकेर आउ रित्तोपनलाई

म आफ्ना लुकाइ, भरिदिन्छु तिम्रा सबै


कसेर अंगाल चोटहरु, मेटाइदेउ तिर्सनालाई

आँसुले धोएर आँखा , पखालिदेउ सपनालाई

म तिमीलाई बाँच्ने लाखौँ बाहाना दिनेछु

खरानी लिइ सम्झनाको आउ तिमी बिसर्जनलाई


पुरानो ‌‍‍औँठीको डोबझैँ मेटिन्नन् लामो समय

मनमा पोतिएका चाहानाका पुराना रँगहरु


पुराना त्यस्तै रंग बोकेर आउ मसम्म तिमी

प्रशस्त कल्पना दिन्छु नयाँ चित्र कोर्नलाई


एक साँझ फेरि , बोकेर आउ उदासी

म आफ्ना लुकाइ, सुनिदिन्छु तिम्रा सबै


एक साँझ फेरि, बोकेर आउ रित्तोपनलाई

म आफ्ना लुकाइ, भरिदिन्छु तिम्रा सबै

-बिजय लुईटेल